मोेहन ढकाल, विराटनगर, १० फागुन । प्राज्ञिक विद्यार्थी परिषद नेपालको आठौैँ राष्ट्रिय अधिवेशन आगामि चैत्र २०, २१ र २२ गते सगरमाथा प्रदेश को राजधानि विराटनगरमा हुदैँ छ ।
दुई दुई वर्षषमा हुने अधिवेशन पहिलो पटक विराटनगरमा हुने भएपछि विराटनगरका कार्यकर्ता तयारिमा जुटेका छन । परिषदको रजत जयन्ति वर्ष पनि भएकाले यस पटकको अधिवेशन विशेष हुने बताईएकोे छ ।
एक संकल्प राष्ट्रका लागि भन्ने मुल मन्त्रका साथ अगाडि बढेकोे परिषदको आठौैँ राष्ट्रिय अधिवेशनमा देशैभरबाट पन्ध्र सय कार्यकर्ताको सहभागिता रहने छ ।
राष्ट्र पुन निर्माणका निम्ति विभिन्न कार्यहरू गर्दै आईरहेको परिषदको तीन दिन सम्म चल्ने अधिवेशनमा विभिन्न विषयमा केन्द्रित भएर छलफल हुने बताईएको छ ।