स्थानीयको अवरोधका कारण पानीजहाज बन्द

स्थानीयको अवरोधका कारण पानीजहाज बन्द

बिराटनगर, २ फागुन । दैशकै सबै भन्दा ठूलो सप्तकोशी नदिमा संचालन हँुदै आएको पानी जहाजहरु बन्द भएका छन् । एक बर्ष देखि नियमित रुपमा संचालन भइरहेको थियो तर स्थानिय केहि समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनु पर्ने, टिकटमा कमिशन दिनुपर्ने लगायतका मागहरु राख्न थाले पछि पानी जहाज बन्द गर्नु परेको जलयातायात ब्यासायीले हिजो बिराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् । खस्थानियको अवरोध बढेपछि जहाज संचालन गर्न नसकिएको जहाज संचालकहरुले बताएका छन् । सप्तकोशीको चतराघाट देखि भोजपूरको हतुवागढीको सिम्ले सम्म सात वटा पानी जहाज चल्दै आएका थिए । दैनिक चारदेखि पाँचसय यात्रुहरुले सेवा पाइरहेका थिए । चतराघाटबाट बहराक्षेत्र र भोजपूरका बिभिन्न भाग सम्म पुग्ने यात्रुहरलाई पानी जहाज संचालनमा आएपछि आवतजवतमा सहज भएको थियो । कष्टपूर्ण यात्रा र लामो समय लागे पनि भोजपूरको सिम्ले सम्म प्रन्ध्र देखि सत्र मिनेटमा पुग्न सकिन्छ । जलयातायात ब्यासायी महासंघले यात्रु र संचालकको सुरक्षाको ग्यारेन्टि भए पछि मात्र जहाज संचालन गर्ने जनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *