राष्टिय सभा सदस्यका लागी प्रदेश न. १ मा ९ जनाको उम्मेदवारी दर्ता

राष्टिय सभा सदस्यका लागी प्रदेश न. १ मा ९ जनाको उम्मेदवारी दर्ता

बिराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ का उम्मेदवारहरुले आइतबार नामावली दर्ता गराएका छन् ।
माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विराटनगरको सोमबारे हाटस्थित प्रदेश १ को निर्वाचन कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । जस्मा नेकपाकाका तर्फबाट गोपी अछामी, देवेन्द्र दाहाल र इन्दु गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।
दलित कोटाका उम्मेदवार अछामी पूर्व खेलकुद राज्यमन्त्री हुन् । सिन्धुली घर भएका उनीहाल पार्टीको मोरङ जिल्ला कमिटीका सह–इन्चार्ज छन् । महिलातर्फबाट उम्मेदवार बनेकी सुनसरी इटहरीकी गौतम प्रधानमन्त्रीका परराष्ट्र ममिला सल्लाहकार डा. राजन भट्टराईकी सासू हुनुहुन्छ । उहाँ अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
त्यसैगरी अन्यतर्फबाट उम्मेदवार बन्नु भएका दाहाल तत्कालिन एमालेको झापा जिल्ला सचिव एवं हाल पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ प्रधानमन्त्री केपी शर्मा ओली निकटका मानिनुहुन्छ ।
नेपाली कांग्रेसका तर्फबाट निरबहादुर विश्वकर्मा, मीना पुलामी मगर र राजेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
पाँचथरका विश्वकर्मा दलित, कांग्रेस महासमिति सदस्य सुनसरी धरानकी मीना महिला र पूर्व महासमिति सदस्य झापाका घिमिरे अन्यबाट उम्मेदवार बनेका हुन् । मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने व्यवस्था आयोगले गरेको थियो ।
प्रदेश १ मा ९३ जना प्रदेश सांसद र १ सय ३७ स्थानीय तह रहेका छन् । यस प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखसहित २ सय ७४ सहित ३ सय ६७ मतदाता रहेका छन् । प्रदेश र स्थानीय गरेर कुल मतभार भने ९ हजार ३ सय ९६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.