रोटरी क्लब–डाउन टाउनले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

रोटरी क्लब–डाउन टाउनले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

पबित्रा ढकाल, बिराटनगर । बिराटनर अस्पताल बिराटनगर(बिराट नर्सिगं होम) र रोटरी क्लबको सयुक्त आयोजनामा महानगरscreenshot-38पालिका नजिकै रहेको कटहरी गाउँपालिका वडा नं १ खोरीया टोलमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । २ हजार भन्दा बढीले सेवा लिएको सो स्वास्थ्य शिबिरमा निःशुल्क औषधी बितरण समेत गरेको छ ।

स्वास्थ्य सामुदायिक सेवा अन्तर्गत अस्पतालले वडा भित्र रहेका सबै सरकारी बिद्यालय तथा समुदायका सबै स्थानीय बासिन्दाहरुको स्वास्थ परिक्षण गरेको छ । बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । महिनामा दुईपटक क्याम्प राख्ने गरेको र जनतालाई स्वास्थ्यमा सुलभ सेवा गर्ने हाम्रो उद्धेश्य रहेको बिराट नर्सिगं होम बिराटनगरका ल्याब इन्चार्ज अमित कुशवाहले बताउनु भयो । बिद्यालयका बालबालिकालाई यो जाडोको समयमा बिभिन्न स्वास्थ्य समस्या आउने र पढ्न समस्या हुने भएकोले बिद्यालय क्षेत्रमा नै शिबिर सञ्चालन गरिएको इन्चार्ज कुशवाहले बताएका छन् । screenshot-37
यस किसिमको निःशुल्क स्वास्थ शिविर आयोजनाको मुख्य उद्देश्य नै स्वास्थ्यमा जनचेतना जगाउनु हो । समुदायमा नै अल्टासाउन्डको सेवा दिएको, औषधि निशुल्क बितरण गरिएको राटरी क्लब अफ बिराटनगर डाउन टाउनकी अध्यक्ष अर्चना तपरियाले बताएकी छिन् । यस निशुल्क स्वास्थ शिविरमा बाल बालिका युवायुवती तथा बृद्धबृद्धाहरुको सहभागिता रहेको थियो । आखा विभाग ,भिडियो एक्सरे, इसिजि, हाडजोर्नी तथा नसा विभाग, जनरल सर्जरी विभाग, फिजिसियन विभाग लगायत अन्य स्वास्थ बिभागका बिषेशज्ञ चिकित्सकहरुले सेवा दिएका थिए । १२ जना बिषेशज्ञ डाक्टरको टिममा नर्स, अनमी लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षणमा सम्लग्न भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.