बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पहिलो सफल हिप ज्वाइन्ट प्रत्यारोपण

बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पहिलो सफल हिप ज्वाइन्ट प्रत्यारोपण

पबित्रा ढकाल, बिराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल हिप ज्वाइन्ट प्रत्यारोपण हाडजोर्नी रोग बिशेषज्ञ डा.अजय महतोद्धारा गरिएको छ । निकै जटिल मानिने यो सर्जरी नेपालको पूर्वाञ्चलमा त्यति विकसित नभएकोले धेरै जसो बिरामी भारत लगायत अन्य देशहरुमा जान बाध्य हुन्छन् । तर यही सुबिधा अब बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा शुरु गरिएको छ ।

हिप ज्वाइन्ट प्रत्यारोपण सँगसँगै घुडाको प्रत्यारोपण र दुरबिन द्धारा गरिने शल्यक्रिया पनि भारतको दिल्ली स्थित एम्स हस्पिटलबाट बिशेषज्ञता र फेलोसिप गर्नुभएका डा. अजय महतो द्धारा बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा शुरु गरिएको छ ।98
७० बर्षिय सप्तरी निवासी उमेश प्रसाद साहको दुवै हिप ज्वाइन्ट ए.भि.एन. रोगले बिग्रीदा दाहिने हिपको प्रत्यारोपण धरानमा दुई बर्ष अगाडी गराउनु भएको तर राम्ररी हिड्न सकिरहनु भएको थिएन् । देब्रे हिप पूर्णरुपले बिग्रेको र ज्वाइन्टमा खाल्डो समेत भएकोले उहाँ वाकर र ब्हील चेयरको साहारामा बस्न बाध्य हुनुहुन्थ्यो तर देब्रे हिप ज्वाइन्ट प्रत्यारोपण पछि बिना साहारा हिड्ने अवस्था सृजना भएको छ र उहाँ बिना कुनै दुखाई जहाँ पनि जान सक्नु हुन्छ ।
के हो यो हिप ज्वाइन्ट वा घुडाको प्रत्यारोपण र कस्तो बिरामीलाई गरिन्छ ? भन्ने प्रश्नमा डा.महतो भन्नुहुन्छ  “बुढेसकालमा हुने आस्टिआर्थिटिक वा कुनै रोग जस्तै टि.बी., गाठीया,बाथरोग,ए.भि.एन.,का कारण घुँडा र हिप ज्वाइन्ट बिग्रीन्छ र पूर्णरुपले बिग्रीदा बिरामीलाई हिड्दा दुख्ने, दुखाइको डरले घरबाट बाहिर निस्कन मन नलाग्ने आफुले गर्ने नियमित काम गर्न नसक्ने हुन्छ । यस्तो बिरामीलाई घुँडा वा हिप ज्वाइन्टको प्रत्यारोपण गरि कृतिम जोडको आवश्यकता हुन्छ ।”
यस जटिल शल्यक्रियामा डा. अजय महतो र उहाँसग सम्लग्न टिम डा. मिथलेश गुप्ता , एनेशथेसिया बिशेषज्ञ डा.कनक साथै शल्यक्रियामा संलग्न सम्पूर्ण टिमलाई बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बधाई ज्ञापन गर्दै यस्तो रोगको उपचारका लागी बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल सधैं तत्पर रहेको जानकारी  गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.