झापामा आठ करोड लागतको विद्युत सवस्टेशन निर्माण कार्य शुरु

झापामा आठ करोड लागतको विद्युत सवस्टेशन निर्माण कार्य शुरु

बिर्तामोड। झापाको कनकाई नगरपालिकामा नेपाल विद्युत प्राधिकरणको सवस्टेशन निर्माण कार्य आइतबारबाट सुरु भएको छ ।

कन्काइ नगरपालीका–८ स्थित घैलाडुब्बामा आठ करोड रुपैयााको लागतमा नेपाल विद्युत प्राधिकरणको ३३/११ केभीएको सवस्टेशन निर्माण कार्य आइतबारबाट सुरु भएको हो । नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापना निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत एसियाली विकास बैंको ऋण सहयोगमा बन्न लागेको सवस्टेशनको शिलान्यास ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा गर्नुभयो । २०७५ सालको भाद्र महिना भित्रै काम सम्पन्न गर्ने गरी सबस्टेशनको निर्माण कार्य प्रारम्भ भएको बताइएको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *