हात्तीपाइले रोगविरुद्धको औषधि फागुनमा

हात्तीपाइले रोगविरुद्धको औषधि फागुनमा

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान यो वर्ष आगामी फागुन २१, २२ र २३ गते सन्चालन हुने भएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड पाँच लाखलाई औषधि खुवाउन लागेको हो ।  दुई वर्षभन्दा माथिका मानिसलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको हो ।  दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी महिलाले हात्तीपाइलेको औषधि सेवन गर्न नहुने बताइएको छ । अभियानअन्तर्गत् पहिलो दिन २१ गते जिल्लाका विभिन्न बुथबाट औषधि खुवाइने छ भने दोस्रो र तेस्रो दिन घरदैलो कार्यक्रम गरी औषधि खुवाउने कार्यक्रम रहेको छ । अभियान सन्चालन हुने जिल्लामा पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, उदयपुर, ललितप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत दैलेख, जाजरकोट, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ बैतडी र दार्चुला रहेका छन् । नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिमयुक्त जिल्लामा छन् । तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *