प्रयोगात्मक शिक्षण बिधिमा जोड: परिक्षा नियन्त्रक बस्नेत

प्रयोगात्मक शिक्षण बिधिमा जोड: परिक्षा नियन्त्रक बस्नेत

मोरङ ।  पुर्वाञ्चल विश्वविद्यालयका परिक्षा नियन्त्रक मोहन बहादुर बस्नेतले शिक्षण बिधिमा प्रयोगात्मक पक्षलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ।
विराटनगरमा आयोजित नर्सिङ व्यक्तित्व विकास कार्यक्रममा बोल्दै परिक्षा नियन्त्रक बस्नेतले शिक्षण प्रक्रियामा सैद्धान्तिक बिधिलाई बढि जोड दिइएको भन्दै प्रयोगात्मक पाटोमा केन्द्रित हुनुपर्ने बताउनुभएको हो। अझ भन्ने हो भने नर्सिङ पेशा समाजको सेव गर्ने शिक्षा पनि भएकाले बढि विद्यार्थीहरुले सामाजिकरण हुनुपर्नेमा जोड दिनुभयो । कलेजका  विद्यार्थिहरुलाई लक्षित व्यक्तित्व विकास कार्यक्रममा उहाले विद्यार्थिलाई स्वयं व्यक्तित्व विकास गर्न सक्षम बनाउने उद्देश्यका साथ शिक्षण गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो। शिक्षण पेशामा देशका बौद्धिक बर्ग उत्पान्दन गर्ने महत्वपुर्ण जिम्मेवारी रहेको भन्दै परिक्षा नियन्त्रक वस्नेतले यसलाई गम्भिर रुपमा लिन शिक्षकहरुलाई आग्रह गर्नुभयो ।  पुर्वाञ्चल विद्यालयबाट सम्बन्धन प्राप्त भएका नर्सिङ कलेजबाट उत्पादित नर्स तथा वि एस सी नर्सिङ जनशक्तिलाई बढि भन्दा बढि साजिक उत्तरदायि बनाउनुपर्ने उहाको भनाइ थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *