सैनिक महाबिद्यालय धरान बिज्ञान संकायमा उत्कृष्ठ नतिजा–सरकारी बिद्यालय

सैनिक महाबिद्यालय धरान बिज्ञान संकायमा उत्कृष्ठ नतिजा–सरकारी बिद्यालय

बिराटनगर । यस बर्षको कक्षा १२ अन्तर्गत विज्ञान संकायमा सरकारी–सामुदायिक बिद्यालय मध्ये सैनिक आबासीय महाबिद्यालय धरान फुस्रेले उत्कृष्ठ नतिजा ल्याएको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा १२ को विज्ञान संकाय अन्तर्गत यस बर्षको कक्षा १२ को परीक्षामा महाविद्यालयबाट ६२ जना विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन् ।sennn

९ जना बिद्यार्थीहरुले ए प्लस, ४४ जना बिद्यार्थीहरुले ए, यसै गरी ७ जनाले बि प्लस गरी सतप्रतिशत रिजल्ट ल्याउन सफल भए पछि महाबिद्यालयका प्रिन्सिपल निलम कुमार श्रेष्ठले सम्पुर्ण शिक्षक, कर्मचारी, सैनिक बर्गहरु लगायत बिद्यार्थीहरु प्रति आभार ब्यक्त गर्दै संस्कार र अनुशासनले नै बिद्यार्थीहरु राष्ट्र्रका गहना हुने हुदा यस तर्फ महाबिद्यालय सधै लागि रहने बताउनु भएको छ । हरेक कोणबाट समाजलाई परिबर्तन गर्न सक्ने कर्मठ युवा उत्पादन गर्न सके मात्र राष्ट्र्रको भलो हुने कुरा महाबिद्यालयका सम्र्पक अधिकृत सेनानी सम्झना खड्काले बताउनु भयो ।
यसै गरी संस्थागत तर्फबाट बिराटनगर स्थित अर्किड पब्लिक स्कुलले कक्षा–१२ को नजिजामा विज्ञान संकायमा नेपाल प्रथम भएको जनाएको छ । कक्षा १२ का निश्चल गुरागाईले ३ दशमलव ९२ जिपिए ल्याई नेपाल प्रथम रहेको अर्किडका निर्देशक दिपेश बास्तोलाले जानकारी दिए ।
विराटनगरस्थित अरनीको उच्च माविबाट ५ सय ५० जनाले दिएको विज्ञान संकायको परीक्षामा २१ जनाले ए प्लस, २ सय ७५ जनाले ए ल्याएर उत्तिर्ण भएको उच्च माविका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । यस्तै शिक्षादीप उच्च माविबाट विज्ञान संकायमा शिवम गुप्ताले ३ दशमलव ८५ जिपिए ल्याएर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.