बिराट मेडिकल कलेजमा असामान्य पाठेघरको सफल शल्यक्रिया

बिराट मेडिकल कलेजमा असामान्य पाठेघरको सफल शल्यक्रिया

बिराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवरीमा बरिष्ठ डाक्टरहरु द्धारा जटिल शल्यक्रिया सफल भएको छ ।  भोजपुर दिङला घर भएकी ३० बर्षिया अन्जना बिष्टको सफल शल्यक्रिया भएको हो । २४ हप्ताको गर्भवती अन्जनाको सेतो पानी अत्याधिक बगेको र रक्तश्राव भइरहेको अवस्थामा बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवरीमा ल्याइएको थियो । बिरामीको बच्चाको साथीले पाठेघरको मुखलाइ पूर्णरुपमा छोपेको र अत्याधिक रक्तश्राव भइरहेको हुदा उहाँको तुरुन्तै अप्रेशन गर्नुपर्ने भएकाले हिस्टेरोटोमी गरी बच्चा निकालेर त्यसपछि पनि प्लासेन्टा एक्रिटा देखीएको ले र सबै प्रकारका प्रयास पछि पसिन रक्तश्राव रोक्न नसकिएपछि अभिभावकको सल्लाह र सहमतीमा पाठेघर निकालिएको छ । बिरामीको अवस्था जटिल र अत्याधिक रक्तश्राव भएकाले यसै मेडिकल कलेजका बिद्यार्थीको सहयोगमा सात पिन्ट रगत चढाइ बिरामीको अबस्थालाइ सुधारमा ल्याइएको छ । भर्ना भएको सात दिन पछि बिरामीको अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो ।
हस्पिटलका बरिष्ठ डाक्टरहरु डा. ज्ञानेन्द्र मान सिंह कार्की, प्रो.डा. हनुन पोख्रेल, डा. अमित देव लगायतको टिम द्धारा उक्त जटिल शल्यक्रिया सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.