विश्व धुम्रपान तथा सुर्ती रहित दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

विश्व धुम्रपान तथा सुर्ती रहित दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

मोहन ढकाल , विराटनगर । विश्व धुम्रपान तथा सुर्ती रहित दिवसको अवसरमा हिजो मकालु वाल क्लव र पेरागन वाल क्लवले संयुक्त रुपमा सचेतनामुलक कार्यक्रम गरेका थिए ।

विराटनगर १ मा अवस्थित मकालु एकेडेमीका विद्यार्थीहरुको मकालु वाल क्लव र विराटनगर ३ मा अवस्थित पेरागन एकेडेमीका विद्यार्थीहरुको पेरागन वाल क्लवले विराटनगरको पुस्पलाल चोकमा धुम्रपानले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धिको सडक नाटक प्रस्तुत गरेका थिए । धुम्रपान विरुद्घका विभिन्न नारा लेखिएका प्ले कार्ड सहित दुवै वाल क्लवका विद्यार्थीहरुले विभिन्न सचेतना मुलक नारा समेत लगाएका थिए । मकालु वाल क्लवले स्थापना काल देखिनै विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको मकालु एकेडेमीका शिक्षक कृष्णाप्रसाद पौडेलले बताएका छन् । विश्व धुम्रपान तथा सुर्ती रहित दिवसको अवसरमा पनि हरेक धुम्रपान गर्ने व्यक्तिहरुले धुम्रपान नगरुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको मकालु एकेडेमीका शिक्षक पौडेलले बताएका छन । त्यस्तै पेरागन वाल क्लवले समाजलाई सचेत गराउने खालका यस्ता कार्यक्रमहरु गर्दै आइरहेको र धुम्रपान तथा सुर्ती रहित दिवसको अवसरमा पनि कार्यक्रम गरेको पेरागन एकेडेमीका प्रिन्सिपल दीपक प्रसाद घिमिरेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.