कुटपिटबाट १ जनाको मृत्यु

कुटपिटबाट १ जनाको मृत्यु

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ टेङछुङमा बुधवार राती कुटपिटबाट १ जनाको मृत्यु भएको छ । रातको समयमा स्थानीय ४० बर्षीय आईत बहादुर राई र बर्ष ३० को बिनोद भन्ने किशोर राई बिच पुरानो रिसिईबिका कारण बादबिबाद भई झै(झगडा हुँदा रिशको आवेगमा किशोर राईले आईत बहादुर राईलाई धान कुट्ने मुस्लोले टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी सिसुवाखोला लगिएकोमा उपचारकै क्रममा आज बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी सिसुवाटारबाट प्रहरी टोली खटि गई निज किशोर राईलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *