आउने जाने प्रहरी उपरिक्षकको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

आउने जाने प्रहरी उपरिक्षकको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा सरूवा भई आउनु भएका प्रहरी उपरीक्षक विश्व अधिकारीको स्वागत तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक मनोज कुमार के।सी।को बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको सरूवाले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिद्यालय महाराजगन्ज काठमाण्डौबाट जिल्ला प्रहरी कार्यालय मोरङमा सरूवा भएका प्रहरी उपरीक्षक बिश्व अधिकारीको जिल्ला प्रहरी कार्यालय मोरङमा एक कार्यक्रमका विच स्वागत गरिएको तथा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी सरूवा भई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा बिकास निर्देशनालय काठमाण्डौ जान भएका प्रहरी उपरीक्षक मनोज कुमार के।सी।को विदाई गरिएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ, वडा प्रहरी कार्यालय ९क० विराटनगरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्की, मातहत ईलाका प्रहरी कार्यालय ९क० का कार्यालय प्रमुख प्रहरी निरीक्षकहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक साथै अन्य प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *