विवादहरु मेलमिलाप गर्ने नगर बन्यो पथरीशनिश्चरे

विवादहरु मेलमिलाप गर्ने नगर बन्यो पथरीशनिश्चरे

राजकुमारी तामाङ, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका जिल्लामै सवैभन्दा बढी विवादहरु मेलमिलापको माध्यमबाट निरुपण गर्ने नगर बनेको छ साथै नगरपालिका को न्याय सम्पादन कार्य समेत व्यवस्थित देखिएको छ ।
जिल्ला अदालतबाट आएको न्यायाधिस सहितको टोलीले अनुगमन् गर्ने क्रममा पथरीशनिश्चरे नगरको न्यायिक समितिको कार्य सम्पादन अन्य पालिकाको तुलनामा व्यवस्थित देखिएको ठहर गरेको हो ।
अनुगमन्मा आएको जिल्ला न्यायाधिस दीपक खनाल नेतृत्वको टोलीले वडा वडामा मेलमिलापकर्ता राखेर विवादको निरुपणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरेका छन ।
न्यायाधिस खनालले पथरीशनिश्चरेको न्याय सम्पादनका गतिविधि, प्रक्रिया र सक्रियता जिल्लामै अगुवा भएको उल्लेख गरेका छन । उनले नगर उपप्रमुख एवम् न्यायिक समिति संयाजक यमुना विष्ट वास्तोलाको सक्रियतासँगैको मेलमिलाप कार्यले समाजमा विवादका घटना कम हुँदै जान मद्धत पुग्ने ठहर गरेका छन ।
सो क्रममा जिल्लामै सवैभन्दा वढी उजुरीमाथि मेलमिलाप गरेको पथरीशनिश्चरे नगरमा चालु आर्थिक वर्षको वैशाख १८ गतेसम्म २ सय १६ वटा उजुरी परेको जानकारी गराइएको छ ।
त्यसमध्ये २ सय वटा उजुरीमाथि मेलमिलाप भइसकेको छ यस्तै अघिल्लो वर्षमा २ सय वटा उजुरी परेको थियो । नगरमा प्रत्येक साताको विहिवार र शुक्रवार उजुरीहरु उपर छलफल गरी मेलमिलाप गराउने कामको समय निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.