प्रदेश नं. १ श्रमिक दिवशले छोएन बिपन्न परिबारलाई

प्रदेश नं. १ श्रमिक दिवशले छोएन बिपन्न परिबारलाई

अजय कुमार मण्डल, बिराटनगर । आज १ सय ३० औँ अन्तर्रा्िष्ट्रय श्रमिक दिवस प्रदेश नं १ को बिराटनगरमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ तर सुनसरी मोरङका महिला मजदुरलाई भने श्रमिक दिवस ले छुन सकेको छैन ।
खेतबारी देखि ठुल्ठुला उद्योग सम्मका काममा अति जोखिम खतरापूर्ण आफुहरुलाइ खटाइने गुनासो गरे उनिहरुले कामचाही पुरुषहरूको समान गर्नुपर्ने तर पैसा चाहिँ कम पाउने गरेको गुनासो गर्दै आएका छन दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलर्क याली जस्ता कार्यक्रम आयोजना गर्न लागेका छन् । आज बिराटनगर को बसपार्कमा रक्तदान कार्यक्रम समपन्न गरेका छन् भने बिहान ट्ैड युनियन मोरगंले रयालीको आयोजना गरेको छ । 52
सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *