नयां शिक्षा पद्धतिबाट पढाई हुने अरनिको स्कुल (मालाबिका बोर्डिगं स्कुल)–प्रिन्सिपल रामेश्वर आचार्य

नयां शिक्षा पद्धतिबाट पढाई हुने अरनिको स्कुल (मालाबिका बोर्डिगं स्कुल)–प्रिन्सिपल रामेश्वर आचार्य

शिक्षा नै आजको आबश्यकता, भोलीको सम्पति भन्ने नाराका साथ अघि बढेको मालाबिका बोर्डिगं स्कुलले पछाडि कहिलै फर्केर हेर्नु परेन् । बिद्यार्थीको चाप सधै रहीरहेको छ । विराटनगर महानगरपालिका वाड नं ३ मानगढमा अवस्थित मालाविका वोर्डिङ स्कुल अहिल अरिनिको माध्यामिक बिद्यालयको मातहतमा सञ्चालन भएको छ । नेपालमा नै नाम चलेको र शिक्षा क्षेत्रमा बिद्यार्थीहरुको चाप थाम्न नै नसक्ने गरी बिद्यार्थीहरुको भर्ना दर रहेको अरनिको स्कुल को टिमले दुई स्थानमा पढाई शुरु गरेको छ । यसै बिद्यालयका संस्थापक तथा प्रिन्सिपल रामेश्वर आचार्यसँग बिराटखबर अनलाईनका बरिष्ट संबाददाता मोहन ढकालले शैक्षिक क्षेत्र र बिद्यालयले गरेको प्रगतिको बारे गरिएको बिषेश कुराकानी प्रस्तुत गरिएको छ ।

१. विराटखवर अनलाईन पत्रिका तपाई कत्तिको हेर्नु हुन्छ अनि तपाईलाई हाम्रो अनलाईनको डेष्कमा स्वागत छ ?
 धन्यवाद, मोहन जी, तपाईको यो अनलाईन पत्रिका म रेगुलर दैनिक रुपमा हेरिरहेको हुन्छु नयां नयां खोराक दिनु हुन्छ अनि शैक्षिक कुराकानी र बिद्यार्थीहरुलाई चाहिने सामग्रीहरु समेत पस्कनु हुन्छ त्यो देखेको छु तसर्थ यसको प्रगतिको कामना गर्दछु ।
२. नीजि संस्था सञ्चालन गर्न थाल्नुभएको कति समय भयो ? किन लाग्नु भयो । 
 विगत २५ वर्षदेखी निजी संस्थामा आबद्ध छु । यसमा मैले लामो समयको अनुभव लिएको कारणले साथीहरुले प्रिन्सिपलको कुर्सि दिनुभएको छ । शिक्षाबाट नै साना साना ती भाई बहिनीहरुको उज्जवल भबिश्य निर्माण गर्न सकिने हुदां यस तर्फ लागेको हुं । हेर्नुहोस त ? अच्चकालि धन भएका मानिसहरुले पनि छोराछोरीलाई पढाउछन् हामी जस्तै शिक्षक शिक्षिकाले पढाउनु हुन्छ तसर्थ पहिलो शिक्षा अनि धन त्यो भएको हुनाले पनि म सानै देखि अलि जान्ने बिद्यार्थी पनि थिए पढाएर केटा केटीहरुलाई समाज परिबर्तन गर्न सक्ने एक मात्र उद्योग नै शैक्षिक संस्था हो तसर्थ म यस तर्फ आर्कशित भएको हुं ।
३. निजी संस्था सञ्चालन गर्न कत्तिको कठिन या सजिलो छ ? अरनिको बिद्यालयको गुणस्तरको मापन के हो ? 698
 अहिलेको अवस्थामा एकदमै गाह्रो छ । किनभने सरकारी स्कुलले अंग्रेजी माध्यम सुरु गरेपछि ठूलो कक्षाका विद्यार्थीहरु जाने क्रम बढेको छ । त्यसमाथि निजी वोर्डिङ स्कुलहरुमा पनि धेरै तानातान भइरहेको छ । स्कुलमा भर्ना भइसकेको विद्यार्थीलाई पनि अर्कै निजी विद्यालयले अनेक लोभ देखाएर आफ्नो विद्यालयमा तान्ने प्रवृत्ति वढेको छ । यसले गर्दा हामी एकदमै पिडित छौँ । एउटा कक्षाबाट ७र८ जना विद्यार्थी अन्यन्त्र जाँदाखेरी थोरै विद्यार्थी मात्र रहने भए । बाँकी रहेका विद्यार्थीहरुलाई पढाउनै प¥यो । यसरी हेर्दा एकदमै गाह्रो छ । हाम्रो बिद्यालयमा बिद्यार्थीहरुको औषत भर्ना दर रहेको छ । हामी गर्बका साथ भन्छौ कि यो अरनिको फाउण्डर टिमले लिएको हुनाले गुणस्तरमा कुनै कमि राखेका छैन् । यस बर्ष त निकै बिद्यार्थी भर्ना भएका छन् ।
४. निजी विद्यालयको शिक्षा नीति कस्तो छ ? तपाईले आफनो बिद्यालयमा कुन पद्धति अपनाउनु भएको छ ।
 शिक्षा नीति भेदभावकारी छ । एउटै मुलुकमा दुई किसिमको नागरीक उत्पादन भएजस्तो देख्छु म । किनभने वोर्डिङ स्कुल पढेको विद्यार्थीले कुनै छात्रवृत्ति नपाउने भन्ने जुन सुन्नमा आएको छ , त्यहि कारणले पनि अभिभावकहरु अल्मलिनु भएको छ । तर पनि बिद्यार्थीहरु बोर्डिगं स्कुल नै रोज्नु हुन्छ । यहां पढाई राम्रो छ । हामी नयां शिक्षा पद्धतिबाट पढाउछौ यसका अतिरिक्त अन्य खेलकुद लगायत शैक्षिक भ्रमणमा बिद्यार्थीहरुलाई सामेल गरेका छौ ।
५. निजी विद्यालयहरुमा विद्यालय पिच्छे पाठ्यपुस्तक फरक ( फरक हुनुको कारण के होला ?
 हामी अलग ( अलग पाठ्यपुस्तक भएता पनि पाठ्यक्रमले पास गरेकै किताबहरु प्रयोग गर्ने गर्छौ । पब्लिकेशनको संख्या अत्याधिक भएर पनि यस्तो अवस्था आएको हो । आज भन्दा १०र१५ वर्ष अगाडी थोरै मात्रामा पब्लिकेशन थिए भने अहिले ५० औँ कम्पनि भइसकेका छन् । जे भएपनि सबै किताब स्तरीय नै छन् । यो भन्दा अझ स्तरीय किताब ल्याउनु पर्छ भन्ने मेरो भनाइ हो ।
६ . निजी विद्यालयहरुको सिकाई “सुँगा रटाइ” हुन्छ भन्ने सुनिन्छ ? साँच्चै हो ?
 हजुर हो , त्यस्तो पनि छ । त्यसै कारणले गर्दा अहिलेको सरकारले हरेक विषयमा २ ओटा विषय बाहेक सबैमा प्राक्टिकलको अवधारणा पनि राखेको छ । अभिभावकहरु के चाहानुहुन्छ भने आफ्ना छोराछोरीले आफूले सोधेको प्रश्नको उत्तर दिउन भन्ने चाहान्छन् । परीक्षा पनि रटेकै आधारमा हुने भएकाले यो कुरा साँचो हो ।
७ . पछिल्लो समय निजी विद्यालयहरु व्यापारमुखी भएका छन् भन्ने सुनिन्छ ? साँच्चै हो ?
 हजुर, एकदम सहि हो । व्यापारमुखी नै भएको छ । किनभने लगानी गरीरहेका छन वोर्डिङ स्कुलहरुले, ठूलाठूला भवनहरु वनाइरहेको छ । यसलाई कसरी असुल गर्ने त भन्दा विद्ययार्थीहरुबाट नै हो । विद्ययार्थीहरुलाई कुन नीतिले कसरी तान्न सकिन्छ भन्ने कुरो पुरा व्यापारीकरण नै छ । यसमा नकार्न सकिदैन पुरा व्यापारीकरण नै छ ।
८. तपाईँको विद्यालयमा विद्यार्थीको संख्या पहिलाको तुलनामा बढेको छ या घटेको छ ?
 मिश्रित छ मेरोमा । सुन्नमा आइरहेको छ, माथिल्ला कक्षाका विद्यार्थीहरु पोखरीया र आदर्श गएको पनि हामीले पायौँ । भर्ना पनि भइरहेका छन । आउने जाने क्रम चलिरहेको छ ।
९. आफ्नो विद्यालयलाई अरुभन्दा भिन्न प्रकारको बनाउन केही सोच्नु भएको छु ?
 मैले के गरी रहेको छु भने, प्रत्येक शुक्रवार हाम्रो हप्ताभरीको जाँच हुन्छ । भन्नको मतलव २० नम्बरको दुई बिषय हुन्छ । त्यो परीक्षा विद्यार्थीहरुले हप्ताभरी पढेका कुरा परीक्षा मार्फत प्रस्तुत गर्न सकुन भनेर हामीले लिने गरेका छौँ । त्यस्तै प्रत्येक १५ दिनमा विभिन्न कार्यक्रमहरु हुन्छ । वाहिर पनि हामीले विद्यार्थीहरु पठाइरहेका हुन्छौँ । त्यस्तै ४ ओटा डर्मिनल परीक्षा हुन्छन् । त्यस्तै कक्षा ६ देखी अनिवार्य पिकनिक त छदैछ । हामी एकदम कम शुल्कमा पिकनिक लागिरहेका छौँ । यस्तै विभिन्न कार्यक्रम गरिरहेको छु ।
१०. अन्त्यमा केही भन्नुहुन्छ ?
 मलाई मनमा लागेको कुरो के छ भने हाम्रो पनि प्याप्सनको साथीहरुले अव एउटा स्कुलमा पढ्दै गरेको विद्यार्थी अनावश्यक रुपमा अर्को स्कुलमा तानातान नगरौ । सरकारी स्कुलमा जानेलाई हामीले रोक्न सक्दैनौ । त्यसमा अभिभावकको स्वतन्त्रता हुन्छ । हामीले कन्भिन्स गरेर जवरजस्ति राख्न पनि मिल्दैन । तर, वोर्डिङ वोर्डिङकै तानातान रोकौँ भन्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.