प्रदेश १ को सम्पर्क राजधानी धनकुटा, मुख्यमन्त्रिको मुकाम अब धनकुटा रहने

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा, मुख्यमन्त्रिको मुकाम अब धनकुटा रहने

गोमा खतिवडा, बिराटनगर । प्रदेश १ सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । यो बिषयले प्रदेश १ मा नयां तरगं ल्याएको छ । बिराटनगर अस्थायी राजधानी हुदां हुदै धनकुटा सम्पर्क राजधानी तोकिदा राज्यको सम्पति फेरी सकिने भएको छ । गर्मी लागेको बेला धनकुटा अनि जाडो छल्न बिराटनगर आउने क्रम बढ्ने त्यो खर्च प्रदेश सरकार कै हुने छ त्यो मार फेरी जनताको ढाडमा नै पुग्ने छ । हुन त धनकुटा तोक्दा पहाडि जिल्लाहरुको बिकासका लागि सजिलो हुन्छ नै तर अस्थायी अनि सम्पर्क भनिदै गर्दा जनतालाई फेरी भेडाबा्रखा जस्तै नचाउने काम त कतै भएको छैन् भन्ने भान जनतामा पर्न थालेको छ ।
क्षेत्रीय प्रशासन कार्यालय धनकुटा भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको छ । धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो । त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय समेत प्रदेश सरकारले गरेको छ ।
प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न दलगत पाटी नेकपा, काग्रेस लगायत अन्य पाटीहरुको संसदीय दलको बैठक समेत बस्ने भएको छ । भने नेकपा संसदीय दलको बैठक बुधवार बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.