निर्वाचन नभए राजनीतिक र संवैधानिक संकट : ओली

निर्वाचन नभए राजनीतिक र संवैधानिक संकट : ओली

विराटनगर÷नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष के. पी. शर्मा ओलीले आगामी माघ सात गतेभित्र तिन ओटा निर्वाचन गर्न नसके मुलुकमा संवैधानिक र राजनीतिक संकट आउने बताउनुभएको छ ।
प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले मुलकलाई संकटमा पार्ने षडयन्त्रका बिरूद्ध एमाले उभिने र सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो । मुलुकमा राजनीतिक स्थिरता आउने भयो, मुलुक सम्बृद्धिको बाटो तिर जानलाग्यो, विदेशीको इशारामा चलेन भनेर आफ्नो सरकार ढालेर बर्तमान सरकार बनेको भन्दै अध्यक्ष ओलीले विदेशीको इशारामा चल्ने सरकार निर्वाचन गर्न नसक्ने जिकिर गर्नुभयो । मुलुकलाई संकटमा नपार्ने भन्दै अध्यक्ष ओलीले मुलुकलाई संकटबाट पार लगाउन एमाले अघिसर्ने बताउनुभयो । मुलुकलाई संकटबाट पार लगाउन एमालेले निर्वाचन गर्ने अध्यक्ष ओलीको भनाई थियो ।
मुलुकको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र राष्ट्रहितको पक्षमा दृढता पुर्वक उभिन अध्यक्ष ओलीले पत्रकारहरूसँग आग्रह गर्नुभयो ।
प्रेस चौतारी मोरङले यो वर्षको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारबाट शान्ति दाहाललाई पुरस्कृत गरेको छ । कार्यक्रममा अध्यक्ष ओलीले पत्रकार दाहाललाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । पुरस्कारको राशी १० हजार रूपैयाँ नगद रहेको छ । प्रेस चौतारी मोरङले आफ्नो स्थापना दिवसका अबसरमा प्रेस चौतारीका संस्थापक उपाध्यक्ष यज्ञ शर्मा, मोरङ शाखाका संस्थापक अध्यक्ष दिपेन न्यौपाने, कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार स्थापना गर्ने सीता सिग्देल र जनार्दन मैनाली पत्रकारिता पुरस्कार स्थापना गर्ने कमला मैनालीलाई सम्मानित गरेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *