मृत्यक रिनाको बिगत र बर्तमान, बैदेशिक रोजगारले निम्त्याएको नेपाली समाज

मृत्यक रिनाको बिगत र बर्तमान, बैदेशिक रोजगारले निम्त्याएको नेपाली समाज

बिनय राजबंशी, विराटनगर । मोरङ्गको पथरी शनिचरे नगरपालिका नं. १ मा ९ दिन अघी गत शनिवार नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षिय रिना बसनेतको आइतवार दाह संस्कार गरिएको छ । घटनाको अनुसन्धानलाइ प्रभावकारी बनाएर जति सक्दो चाडौँ सत्य तथ्य पता लगाउने सहमती भएपछी आफ्न्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा सबको अनत्येतेष्टी गरेका हुन् ।
मृत्यु पछी पनी किन बदनाम भइन रिना
कस्मेटिक पसल संचालन गर्दै आएकी रिना बस्नेत मृत्यु पछि पनि किन बद्नाम भइन । एक साता अघि आफ्नै कोठा अगाडी नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत विभिन्न कारणले बद्नाम हुन पुगिन । युटुबमा उनका साथीहरुले रिनाको सबै भन्दा बढि बद्नाम गरे । वियर खाने देखि आनीबानी सम्मको कुराले मृत्यु पछि पनि सामाजिक सञ्जाल तथा अन्लाईनहरुमा बद्नाम हुन पुगिन । मादक पदार्थ खाएर श्रीमान विदेशमा हुदा हुदै अर्को सँग लागेको आरोप समेत लाग्यो । जसका कारण उनलाई मृत्यु पछि पनि गालि सामाजिक सञ्जालमा गालि गरिरहेका छन ।57649024_348875429306168_4082557416338620416_n
श्रीमान हुदा हुदै अर्को केटा सँग लागेको भन्दै उनको सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी हुदै आएको छ । श्रीमान विदेशमा हुदा पनि लामो समय देखि सम्बन्ध राम्रो नभएको कारण पनि उनी मृत्यु पछि सर्वसाधरणको नजरमा नराम्रो भईन । अन्य समय पनि धेरै मादक पदार्थको लतमा पर्ने गरेको रिनालाई आफन्तहरुले पनि खासै राम्रो मान्दैन्थे ।
मादक पदार्थ धेरै खाने गरेको र आफ्नो श्रीमान सँग राम्रो सम्बन्ध नभएको कारण रिनाको बढि आलोचना भयो । लामो समय देखि कमल नेपाल सँग प्रेममा पदै आएको रिनाले श्रीमानलाई वेवस्ता गदै आएको थिईन । कमल नेपाल लामो समय देखि उनी सँग प्रेममा रहेको भन्दै श्रीमान सन्तोष वस्नेत पनि टाढिदै थिए । पथरीको रिना बस्नेत मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान यता न उता हुन पुगेको छ । मृत्यु भएको ७ दिन पुरा हुदा सम्म प्रहरीले दर्जन अनुसन्धान गरे पनि तथ्य भने बाहिर आउँन सकेको छैन । रिनाको मृत्यु जुन सुकै कारणले भएको भए पनि अनुसन्धान बाहिर आउँनु जरुरी छ ।
यस्तो छ पोष्टमार्टम रिपोर्ट
रिना बस्नेत तिनै हुन् जसको गएको शनिबार राती मृत्यु भएको थियो । रहस्यमय भनिएको उक्त मृत्यु बजारिएको चोटपटकका कारण भएको पोष्टमार्टम रिपोर्टमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेख गरेको छ । उक्त रिपोर्टपछि प्रहरी पनि करिब–करिब बस्नेत मृत्युलाई ‘दुर्घटना’ अथवा ‘आत्महत्या’को निष्कर्शमा पुग्न सक्छ ! पछिल्लो पटक सीसीटिभी फुटेजमा देखिएको ठेलागाडामा ‘लास जस्तै’ चिज ल्याएको भन्ने अनुसन्धान गर्दा बिहान तरकारी बिक्रेता भएको पुष्टि भएपछि प्रहरीसँग अनुसन्धानका अन्य कुनै पाटा देखिँदैनन् ।
रिना बस्नेत मृत्यु प्रकरणका विभिन्न पाटाबाट अनुसन्धान अझै हुन सक्लान् । तर, उनको मृत्यु प्रकरणले तीनवटा पक्षलाई सामाजिक रूपमा र मृत्युपछिको अड्कलबाजी पत्रकारिताको अनुहार पनि खुलाएको छ । अझ, भनौ रिना मृत्यु प्रकरण ‘पोष्ट म्यारिज अफेयरको मृत सबूत बन्यो ‘हतारकारिताको परिबन्ध’मा प्रहरी फस्यो ।
मिडियामा रिनाका १४ बर्षीय छोरा साइमनले दिएको अभिव्यक्ति, पक्राउ गरिएका रिनाका प्रेमी भनिएका कमल नेपालले प्रहरीमा दिएको बयान र वैदेशिक रोजगारीका क्रममा दुबईबाट घटनापश्चात फर्किएका रिनाका पति सन्तोष बस्नेतले दिएको बयानले यसलाई पुष्टि गर्छ । बेरोजगारीले परिवार कसरी भत्किँदैछ भन्ने प्रमाण पनि रिनाको मृत्यु प्रकरण हो । घटना अनुसन्धानका क्रममा खुलेका केही तथ्यले परिवारमा विचलन ल्याउने लक्षण यस्ता पनि हुन सक्छन् भन्ने संकेत पनि गरेको छ ।
रिना माथि उब्जीएको केहि तथ्य
पहिलो, रिना कसैको जन्मदिनको कार्यक्रममा छोरासहित सहभागी हुन पुगेकी थिइन् । त्यसपछि भएको सांगितिक कार्यक्रममा मदिरा पिएर रमाउन पुग्छिन् । घर फर्किँदा पनि मदिरासहित नै आउँछिन् । यसले के पुष्टि गर्छ भने वैदेशिक रोजगारमा पति विदेश हुँदा खुला समाजमा रमाउने पत्नी सामाजिक बन्धनबाट पाएको मुक्तिको अधिक प्रयोग गर्छिन् ।vlcsnap-2019-04-29-13h52m55s224
दोस्रो, यहि प्रयोगका क्रममा उनको भेट अथवा कुराकानीको शीलशीला कमल नेपालसँग हुन्छ । यो कुराकानी भौतिक भेट गराउने माध्यम हुँदै प्रेम सम्बन्धसम्म झाँगिन्छ । यस्तो सम्बन्धमा खुसी, आवश्यकता, अनौपचारिकता र आवेग सबैको प्रयोग स्वभाविक बन्ने गरेका समाजका अन्य उदाहरण पनि छन् ।
तेस्रो, छोरासँग प्रेमीको भेट पनि गराएकी रहिछन् उनले । कसरी चिनाउने गर्थिन् त्यो अर्को पाटो भयो । तर, छोराले बयानमा भनेका छन ‘बाबुलाई यो सम्बन्धबारे भन्ने छुट थिएन । भन्ने कुरै आएन ।’समाजमा यो चरित्रको मृत प्रमाण रिना भइन् । तर, यो प्रतिनिधि उदाहरण हो । यस्ता सम्बन्धका अनेक आयाम अहिले पनि सहरोन्मुख ठाउँमा पर्याप्त हुन सक्छन् ।
चौथो, पनि सन्तोष बस्नेतले पत्नीको मृत्युपछि मात्र उनको प्रेम सम्बन्ध रहेको चाल पाएको बताएका छन् । ‘यस अघि थाहा थिएन, मृत्यु प्रकरणपछि विभिन्न पाटा खुले । यसै सन्दर्भमा थाहा पाएँ’, उनले भनेका छन् । रिनाका पति जस्तै विदेशमा रहेका कतिपय युवा यस्ता सम्बन्धका विविध पाटासँग जानकार हुँदैनन् । पारिवारिक आर्थिक व्ययभार र भविष्यका लागि जोहो गर्न परदेशीएका युवक का लागि पीडा दायक हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.