रजत जयन्ति समारोहमा कार्यक्रमै कार्यक्रम हुने

रजत जयन्ति समारोहमा कार्यक्रमै कार्यक्रम हुने

गोमा खतिवडा, बिराटनगर । स्वर संगम संगितालय विराटनगरले आफ्नो कार्यकालको रजत जयन्ति मनाएको छ । झन्डै तीन दशक लामो शास्त्रिय संगित प्रशिक्षण दिदै आएको संगितालयले आफ्नो रजत जयन्ति मनाउन सफल भएको हो ।
रजत जयन्तिको समारोह पारेर ललितकला बिश्वबिद्यालय काठमाडौका उपकुलपति रांगिनी उपाध्यायलाई संगितालयले सम्मान गरेको छ । यसै गरी बिराटनगरका बौधिकबर्गहरुको जमात रहेको यस कार्यक्रममा सहभागि हुन आएका ब्यक्तित्वहरुलाई अध्यक्ष राईले सम्मान गरेका छन् ।
पुर्वमै ख्याति कमाएको संगितालयले पुर्वका विधार्थी मात्र नभई भारत र वंगालवाट यस संगितालयमा आई शास्त्रिय संगित सिक्ने गरेका छन् ।vlcsnap-2019-04-26-08h51m36s496

विराटनगरमा आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष कुशेश्वर राईले बताएका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष तथा गुरु कुशेस्वर राईले आफ्ना स्वर संगम संगितालयमा आवद्ध रहेका २०५१ सालदेखि अहिले सम्मका विधार्थीहरुलाई समायोजन गरी पुरस्कृत गर्ने संगितालयको योजना रहेको जानकारी गराएका छन् । मिती २०५१ सालमा स्थापना भएको सो संगितालयले आफ्ना विभिन्न विधार्थीलाई सम्मान गर्ने कार्याक्रम रहेको छ साथै बिभिन्न बिद्यालयमा संगितलाई बिद्यार्थीहरुले मनन् गर्ने खालका सुमुधुर संगित कार्यक्रम लैजानु पर्ने र यसको काम हाम्रो स्वर संगम संगितालय बिराटनगरले शुरुआत गर्ने जानकारी समेत अध्यक्ष राईले बताए ।

समाप्त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.