राम्रो कामबाट वडाबासी खुशि, अन्य वडाको अबस्था दहनिय– देवानगंज गाउँपालिका वडा नं. ३

राम्रो कामबाट वडाबासी खुशि, अन्य वडाको अबस्था दहनिय– देवानगंज गाउँपालिका वडा नं. ३

 चन्दन मेहता, सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष अनिल भगत ले गरेको काम प्रति वडासासीहरु खुशि मात्रै भएन् अन्य वडाका बासिन्दाहरुले आएर कामको मुल्याकंन गर्न थालेका छन् । पारदर्शितारुपमा भएको काम र वडाबासीहरुको समेत सम्लग्नता भए पछि बिकासका काम दिगो र सफल भएको स्थानीयहरु बताउछन् । वडा अध्यक्षमा भएको लगनसिलता र जनता प्रति गरिने ब्यबहार नै राम्रो र केही गर्ने खालको सोच भएको अध्यक्ष हुनाले यस बर्षको बजेटले वडा भरि नै निकै काम भएको छ । र स्थानीयहरु वडा अध्यक्षको गुनगान गाउन थालेको छन् ।vlcsnap-2019-04-16-18h21m14s467

सुनसरी जिल्लाको देवानगन्ज गाउपालिका वडा नं ३ का बडा अध्यक्ष अनिल भगतले साच्चै योजना बनाए र योजना अनुसार गाउलेलाई सहभागि गराएर नमुना वडा नै बनाए भन्छन् स्थानीयबासी अजय कुमार मण्डल । पेशाले पत्रकारिता गर्दे आएका अजय भन्छन् वडामा बिनियोजित रकम बराबर ७ गुना काम भएको छ । सबै स्थानमा सानोतिनो काम भएको छ । खानीपानीको काम हुदैछ भने सडक नालीको काम भैरहेको छ ।
जनताबाट अनुमोदन भई जितेपछि जनताको काममा लागि परेको वडा अध्यक्ष अनिल भगतले बताए । राजनितिमा आए पछि जनताका सेवा गर्न मौका पाएकोमा आफुलाई गर्ब लागेको र भबिश्वमा अन्य वडा भन्दा राम्रो र दिगोकाम गर्ने सोच रहेको वडा अध्यक्ष भगतले बताए ।
खास गरी विपन्नवर्गलाई आवास र जग्गा उपलब्ध गराउनका लागि पहल गरिरहेको साथै पक्की पुल, मन्दिर, शिक्षा, वाटो घाटोका लागि अगामी बजेटमा बिनियोजन गर्न लागि परेका अवगत गराएका छन् । यस आर्थिक बर्ष भित्र नै नयाँ हाट देखी बोर्डर सम्म कालो पत्रे सडक निर्माण भैरहेको छ । भने अन्य बिकासका लागि गाउ पालिकाका अध्यक्ष संग सहकार्य गरी विभिन्न संघ संस्था तथा प्रदेश सरकार र केन्द्रसरकारसँग बिकासको लागि प्रस्तावाना तयार गर्ने काम भैरहेको भगतले लामो आफनो बिकासे योजना सुनाएका छन् ।
बोर्डर संग गाउपालिका जोडिएको हुनाले यहा बढी चोरी ढकैती हुने भएको हुदां प्रहरीहरुसंगको समन्वयमा ६० प्रतिशत डकैति कमी ल्याएको र यसलाई बढी बनाउन पहल रहने समेत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.