लसुनबारीमा अफिम खेती, मोरगं प्रहरीद्वारा तीन हजार ३४ बोट अफिम नष्ट

लसुनबारीमा अफिम खेती, मोरगं प्रहरीद्वारा तीन हजार ३४ बोट अफिम नष्ट

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरगं जिल्लाका बिभिन्न तीन स्थानमा लगाएको अफिम खेती नष्ट गरेको छ । पथरी शनिश्चरे नगरपालिका र सुनबर्सी गाउपालिका बिच भागमा पर्ने एक ग्रामिण गाउमा लगाइएको १ कठ्ठा १४ धुर जग्गामा लसुनसँगै रोपेर फलाइँदै गरेको अफिमका बोट नष्ट गरेको हो ।
अफिसको बिउ पनि लसुनजस्तै गरी उम्रिने र लसुनसँगै रोप्दा उस्तै गरी बढ्ने भएकोले लसुन र अफिमलाई सँगै रोपिएको हुनसक्ने अनुमान गरिएको छ ।img_20190225_155900
जिल्ला प्रहरी कार्यलय मोरङ टोली सगै ईलाका प्रहरी कार्यालय रंगेली र ईलाका प्रहरी कार्यालय पथरीको समेत टोलीले अफिम खेती नष्ट गरेको हो । सुनवर्शी गाउ पालिकाका चन्द्रप्रसाद गनगाई र पथरी शनिश्चर नगरपालिकाका वर्जु गनगाईको लसुन खेतमा लगाईएको ३ हजार ३४ अफिमको बोट प्रहरीको सयुक्त टोलीले स्थानीय जनताको रोहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता डिएसपी घनेश्याम श्रेष्ठले बताएका छन् ।
शुरुआत देखि नै हामी निगरानीमा थियौ । ब्याठ कै बेला पनि नष्ठ गर्न सक्थियो तर जनतालाई थाहा दिनु पर्ने र उनीहरुमा अफिमबारे चेतना जगाउनु पर्ने हाम्रो भुमिका पनि रहेकोले यो फुल फुल्ने बेला सम्म पर्खेर हामीले नष्ट गरेका हौ, प्रबक्ता डिएसपी श्रेष्ठले बताए । उनका अनुसार अफिमको फूल पप्पीबाट निस्कने चोपलाई अफिम भनिन्छ । अफिम बयस्क भएपछि फल्ने फूल(पप्पी) लाई चिर्दा कालो चोप आउँछ । त्यही चोप कच्चा अफिम हो । जसलाई प्रशोधन गरी खैरो र सेतो हेरोइन बनाइन्छ । लागुऔषध प्रयोगकर्ताले त्यसै पनि प्रयोग गर्ने गर्छन् । एउटा पप्पीलाई चारदेखि पाँच पटक चिरेर चोप निकालिन्छ ।
नियन्त्रणमा लिएका चन्द्रप्रसाद गनगाईलाई इप्रका पथरीले तथा बज्रु गनगाईलाई इप्रका रंगेलीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाहीको पक्रिया अघि बढाएको छ । ऐनमा २५ वटा भन्दाबढी अफिमको बोट भेटिए ३ बर्षदेखि १० बर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.