छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु १ घाइते

छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु १ घाइते

धनकुटा । प्रदेश नम्बर १ को धनकुटा र मोरङ जिल्लामा आइतवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका(८ याङलाबुङ भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

दिउँसो साढे १२ बजे भित्री सडक खण्डमा ना ४ त ९६५४ नम्बरको ट्याक्टर घुमाउरो वाटोमा ब्याक गरेर फर्काउने क्रममा अनियन्त्रित भई सडक देखी अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक महालक्ष्मी नगरपालिका(८ बस्ने बर्ष २७ को बाल कुमार पुलामी मगर र ट्याक्टरमा सवार बर्ष ११ को अनिल मगरको घटनास्थलमा नै मृत्यु भएको हो भने बर्ष ३८ को छबिलाल पुलामी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाइतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी सिधुवा पठाईएको छ । त्यसैगरी मोरङको मिक्लाजुङ गाउँपालिका(९ मधुमल्ला बजारमा ट्याक्टरले किचेर १ महिलाको मृत्यु भएको छ । बेलुका ७ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ६६५० नम्बरको ट्याक्टरले पैदल हिडिरहेकी सोही स्थान बस्ने वर्ष ३२ की माया तामाङलाई ट्याक्टरले टाउकोमा किचेको थियो । दुर्घटनामा तामाङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ । घटनास्थलमा मधुमल्लाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल उर्लावारी पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.