प्राबिधिक शिक्षाका विद्यार्थी मारमा

प्राबिधिक शिक्षाका विद्यार्थी मारमा

विराटनगर÷प्राबिधिक शिक्षा लिइरहेका मोरङका विद्यार्थीले वार्षिक परीक्षा आउन डेढ महिना मात्र बाँकी रहदा समेत प्रयोगात्मक कक्षा लिन पाएका छैनन् ।
प्रयोगात्मक कक्षा लिन नपाउदै परिक्षा दिनुपर्ने अवस्था आएपछि विद्यार्थी अन्यौलमा परेका छन् । चालु शैक्षिक सत्रदेखि मोरङका सात वटा विद्यालयको माध्यमिक तहमा सिभिल, इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स र कम्प्युटर, इञ्जिनियरिङको पढाई सुरू भएको छ । शैक्षिक सत्रको नौ महिना बितिसक्दा समेत विद्यार्थीले प्रयोगात्मक कक्षा लिन पाएका छैनन् । प्रयोगात्मक कक्षा लिन नपाउँदा आफुहरूलाई परिक्षामा कसरी दिने भन्ने चिन्ताले सताउन थालेको सत्यनारायण उच्च माध्यामिक विद्यालयकी छात्रा अंकिता सापकोटा बताउनुहुन्छ । प्राविधिक शिक्षामा आफ्नो भविष्ण उज्ज्वल हुने ठानेर प्राविधिक विषय पढ्न आएका विद्यार्थीले प्रयोगात्मक कक्षा लिन नपाएपछि भविष्य बिग्रने पो होकी भन्ने चिन्तामा छन् । चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भने झै भएको पोखरीया उच्च माध्यामिक विद्यालयका छात्र सुवर्ण पराजुली बताउनुहुन्छ ।
प्रयोगशाला बनाउन भनेर मोरङका सातवटै विद्यालयका लागि गत आर्थिक वर्षमानै एक करोड २० लाख ८० हजार रूपैयाँ आएको थियो । तर जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई रकम निकासा गरेन । जसले गर्दा रकम फ्रिज भएर समस्या सिर्जना भएको हो पोखरीया उच्च माध्यामिक विद्यालयका प्राचार्य खेमराज भट्टराई बताउनुहुन्छ । चालु आर्थिक वर्षमा प्रत्येक विद्यालयलाई दिने भनिएको १० लाख रूपैयाँ समेत जिल्ला शिक्षा कार्यालयवाट निकासा सत्यनारायण उच्च माध्यामिक विद्यालयका प्राचार्य धर्मानन्द खरेल बताउनुहुन्छ । प्रयोगात्मक कक्षा अभावमा प्राविधिक विषय लिएर अध्ययन गरिरहेका मोरङका तीन सय ३६ विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.