टिपर चालकलाई अनुशिक्षण अभियान शुरु

टिपर चालकलाई अनुशिक्षण अभियान शुरु

बिराटनगर । टिपर चालकहरुलाई नियमन गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा टिपर चालक नियमन तथा अनुशिक्षण कार्यक्रमको शुरुवात गरेको छ । आज बिहान ईलाका प्रहरी कार्यालय निमुवाको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी उक्त अभियानको थालनी गरिएको हो । टिपरका कारण सडक दुर्घटना बढेको जन गुनासाहरु आउन थालेपछी टिपर चालकहरुलाई नियमन गर्नका लागि उक्त अभियानको थालनी गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन गर्न ईलाका प्रहरी कार्यालय नेमुवामा ट्राफिक प्रहरी सहितको छुट्टै युनिट खडा गरि परिचालित गरिने र ट्राफिक प्रहरीले चालक योग्य भए नभएको, चालकसंग लाइसेन्स भए नभएको, चालकले लाइसेन्स पाएको अवधी, चालकहरूको शारीरिक तथा मानसिक अवस्था एकिन गर्ने, सवारी साधनको यान्त्रिक अवस्था एकिन गर्ने, टिपर चालक तथा सवारी धनीको बिवरण संकलन गर्ने, शैक्षिक योग्यता तथा चालकको उमेरको बारेमा अभिलेख तयार गरी चालकलाई दुर्घटना न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधानी, तीब्र गतिका कारण हुने दुर्घटनाका बारेमा हरेक दिन १५ मिनेट अनुशिक्षण दिईने वहाँले बताउनु भयो । कार्यक्रममा पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले टिपरका कारण बढिरहेका दुर्घटना न्यूनीकरण गर्न आफूहरुले पनि सहयोग गर्ने बताउदै टिपर चालकहरुलाई आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्ने हिसावमा टिपर कुदाउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले हालको परिवेशमा हरेक सवारी साधनले संयमता अपनाउनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा स्थानीय जन(प्रतिनिधी, स्थानीयवासीहरु, टिपर चालक तथा पत्रकार लगाएत करिव २०० जनाको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.