बालिकाको मृत्य पछि मोरगंको बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी

बालिकाको मृत्य पछि मोरगंको बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी

बिराटनगर । सुन्दर हरैंचा नगरपालिका–९ बेलेपुरमा टिप्परको ठक्करबाट स्थानीय ११ बर्षे बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि स्थानीय प्रशासनले बिहान ११ बजे देखि कफर्यू जारी गरेको छ । बिहान स्थिति तनावपूर्ण रहेको थियो । घटना भएको र घटनाले उग्ररुप लिन सक्ने सम्भावनालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय मोरङले बिहान पौने ११ बजेदेखि अर्काे आदेश जारी नभएसम्म सो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ ।
टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यस क्षेत्रको शान्ति सुरक्षा बिग्रने सक्ने अवस्थालाई मध्यनजर गदै निषेधाज्ञा जारी गरेको केसीले बताए । घटनामा केही सवारीसाधन आगजनी भएको र स्थिति अहिले पुरै नियन्त्रणमा आइसकेको बताउँदै प्रजिअ केसीले घटनाको बिषयमा अनुसन्धान हुने र दोषी देखिए कारबार्ही गर्ने बताए ।
विराटचोकबाट–विराटनगरतर्फ आज बिहान आउँदै गरेको ना३ख ३३५५ नम्बरको टिप्परले बाटो काट्दै गरेका बेला ठक्कर दिँदा सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान गएको हो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनापछि स्थानीय वासिन्दाले ठक्कर दिने टिपरका साथै सडकमा गुडिरहेका अन्य ६ वटा टिप्परमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् ।
निषेधाज्ञाको अवज्ञा पूर्वपश्चिम राजमार्गको विराटचोकदेखि दक्षिण बेलेपुरसम्म विराटचोक–विराटनगर सडक खण्डमा लगाइएको निषेधाज्ञाको अवज्ञा गर्दै स्थानीयले सडकमै प्रदर्शन गरिरहेका छन् । घटनास्थल सुन्दरहरैंचाको सिसौंघारी क्षेत्रमा झापा, सुनसरी र मोरगं जिल्लाबाट आएको सशस्त्र र जनपद प्रहरी व्यापक रूपमा परिचालन गरिएको छ । तर पनि स्थानीयले सडकमा प्रदर्शन जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.