चतरामा अर्धकुम्भ मेला चैत्र २३ गते बैशाख २३ गते सम्म हुने

चतरामा अर्धकुम्भ मेला चैत्र २३ गते बैशाख २३ गते सम्म हुने

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं—१ चतरास्थित प्राचिन हरिद्वार क्षेत्रमा २०७५ चैत २३ गतेदेखि २०७६ बैशाख २४ गतेसम्म दोस्रो अर्धमहाकुम्भ मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । जगतगुरु बालसन्तको अगुवाइमा महाकालीको भम्केनी धाममा अष्टधातुबाट नेपाल आमाको मूर्ति निर्माण भइरहेको छ ।

चतराको कोशीनदी किनारमा लाग्ने महाकुम्भमेलामा महाकाली सहितको नेपालका १४ ओटै जिल्लाबाट कुम्भस्नानका लागि भक्तहरुको सहभागिता हुनाका साथै भारतको विहार, पश्चिम बंगाल, सिक्किम, आसाम लगायत विभिन्न प्रांत र दक्षिणभारतबाट समेत बराहक्षेत्रस्थित कोका—कौशिकी नदी संगममा कुम्भस्नानको लागि दशौलाख भक्तजनहरु सहभागी हुने जगतगुरु बालसन्तले बताए । एक महिना लाग्ने दोस्रो अर्धकुम्भ मेला को तयारी धुमधाम सँग भइरहेको र विगतको भन्दा यसपाली भारत, सिक्किम, दार्जिलिङका जगतगुरुहरु, सन्तमहन्त तथा शुभेच्छुकहरु लगायत नेपालका विभिन्न ठाउँबाट ३ करोड हिन्दु धर्मावलम्वीहरु आउने अनुमान गरिएको संयोजक नरेश नेपालले बताए ।

कुम्भमेलालाई सफल बनाउन चतरामा अहिले विभिन्न तयारीका कामहरु थालनी भइसकेका छन् । जगतगुरु बालसन्त मोहन शरणको अध्यक्षतामा १ हजार १ सदसीय कुम्भमेला आयोजक मूल समिति गठन गरिएको छ । भने त्यसै भित्रबाट ३७ सदसीय स्टेरिङ् कमिटी गठन गरिएको छ । धार्मिक ग्रन्थहरुको प्रमाणको आधारमा नेपालमा कुम्भमेला लाग्नु सवैभन्दा उत्तम भएको नि¥क्यौल गरि नेपाल र भारतका हिन्दु धर्मका विद्वानहरुको सल्लाह र सहयोगमा २०५९ बैशाख १ गतेदेखि बैशाख महिनाभरी पहिलो ऐतिहासिक महाकुम्भमेला सफलता पूर्वक सम्पन्न भएको थियो । जगतगुरु बालसन्तकै अगुवाइमा २०६४ चैतदेखी तेस्रो सातादेखि २०६५ बैशाख तेस्रो सातासम्म पहिलो अर्धकुम्भ मेला र २०६९ चैतदेखी तेस्रो सातादेखि २०७० बैशाख तेस्रो सातासम्म दोस्रो पूर्ण महाकुम्भ मेला आयोजना भएका थिए । प्रत्येक १२ वर्षमा पूर्ण महाकुम्भ र प्रत्येक ६ वर्षमा अर्धमहाकुम्भ मेला लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.