माइतीघरमा मनाइयो टोपी दिवस

माइतीघरमा मनाइयो टोपी दिवस

 बिराटनगर । नयाँ वर्षको दिन माइतीघरमा भेला भएर  युवायुवती तथा प्रौढहरुले  गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका छन् । कार्यक्रममा सहभागी महिलाले समेत ढाकाटाेपी लगाएका छन् ।

छैठौँ नेपाली टोपी दिवसको अवसरमा अहिलेसम्मकै ठूलो टोपी प्रदर्शन गरिएको छ । ‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराकासाथ मंगलबार मनाइएको छैठौं नेपाली टोपी दिवसमा प्रर्दशन गरिएको हो ।

कार्यक्रम अन्तर्गत मंगलबार बिहान काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी गरिएको छ । कार्यक्रममा कलाकार, पत्रकार, साहित्यकार, विद्यार्थीदेखि राजनीतिज्ञहरुको पनि सहभागिता थियो । प्रभातफेरीमा सहभागीहरुले दौरा सुरुवाल, गुन्यूचोली र टोपी लगाएका थिए । प्रभातफेरीमा पञ्चेबाजाका साथमा राष्ट्रिय गीत गाइएको थियो ।विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै ०७० सालदेखि  केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन सुरु गरेका हुन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *