बिराटनगर । तराईं मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफनै सम्धीलाई महामन्त्रिमा नियुक्ति गरेका छन् ।
अध्यक्ष ठाकुरले नवलपरासी रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन् ।
यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई सांसद समेत बनाएका थिए । आफनो पारिबारिक मोहमा रमाउने ठाकुरले आफना कार्याकर्ता तथा समर्थकहरुको आलोचनालाई समेत वास्ता गरेका छैन् । जसरी भए पनि आफना घरका सदस्यले पद पाउनु पर्नेमा अध्यक्ष ठाकुरले जोड दिदै आएका छन् । अध्यक्ष ठाकुरले सम्धी झालाई शुक्रबार कार्यसम्पादन समितिको वैठकबाट पार्टी महामन्त्री नियुक्त गरेका हुन् । अध्यक्ष ठाकुरकी छोरीको विवाह केही वर्षपहिले झाका छोरासँग भएको थियो ।
झासँगै महामन्त्रीमा विजय सिंह, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा सुरेन्द्र झा, असिममियाँ अन्सारी र राम प्रवेश वैठा थपिएका छन् ।