विराटनगरमा बन्यो प्रदेश स्तरीय कृषि तथा तरकारी बजार

विराटनगरमा बन्यो प्रदेश स्तरीय कृषि तथा तरकारी बजार

उमेश खत्री ।  प्रदेशको नम्बर एकको  किसानलाई लक्षित गरि कटहरी गाउँपालिका–१ महेशपुरमा आधुनिक तरकारी तथा फलफूल थोक बजार तयार भएको छ । स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कट्ठा र कटहरी गाउँपालिकाको बाकी सहित ५ बिगाहा २ कट्ठा व्यबसायिक कृषि प्रवद्र्धन तथा व्यापार आयोजनाले फलफुल तथा तरकारी बजारको निर्माण पुरा भएको हो । करिब १६ करोड ८८ लाखको लागतमा आधुनिक सुबिधा सम्पन्न बजार निर्माण भएको ब्यवसायिक कृषि तथा ब्यापार आयोजनाका निर्देशक तथा कृषि मन्त्रालयका सहसचिव डा गोबिन्द शर्माले जानकारी दिए ।  स्थानीय तहमा उपभोक्ता समिति गठन गरी, प्रदेश र केन्द्र सरकारले अनुगमन र नियमन गर्ने गरी बजार सञ्चालन गरिने शर्माले बताए ।
बजार निर्माण पुरा भएसँगै बजार कसले उद्घाटन गर्ने भन्ने बारेमा तयारी शुरु भएको छ । गत कात्तिक तेस्रो साता नै भवन उद्घाटन गर्ने तयारी थियो तर  प्रधानमन्त्री ओली को स्वास्थ्यमा  समस्या आएपछि हस्तान्तरणको काम रोकिएको थियो । प्रदेश १ को अस्थायी राजधानी विराटनगरको सडकहरुमा हाट बजार लाग्दै आएको छ र  व्यवस्थित तरकारी तथा फलफूल बजार छैन । महानगरका यो तरकारी तथा फलफुल बजारको निर्माणसँगै किसान तथा बिक्रेताले फाईदा लिने भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादवले जानकारी दिए ।
कूल १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको अत्याधुनिक कृषि बजार अन्तराष्ट्रिय स्तरको भएको निर्माण पक्षको दाबी छ । आधुनिक बजार व्यवस्थापन गर्न गठन गरिने समितिले तरकारी बजारको मुल्य निर्धारण, भाडा ब्यवस्थापन हुने भएकोले किसान र उपभोक्ता दुबै लाभान्वित हुने प्रवक्ता यादवले बताए ।
गत बर्ष नै निर्माण पुरा हुनु पर्ने भएता पनि  गत बर्षको बाढीकोे कारण निर्माणाधिन संरचना भत्काएपछि लम्बएको र लागत पनि बढेको हो । त्यस्तै हो । करिब १४ करोडमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा पछिल्लो लागत १६ करोड ८८ लाख पुगेको हो । तर केही बिलम्बका बिच पछिल्लो समय कामले गती लिएको कारण काम सम्पन्न गरी सकेकोले अब चाँडै हस्तान्तरणको तयारीमा आफुहरु रहेको निर्माण कम्पनी भुमी कन्ष्ट्रक्सनका संचालक अभिनाश बोहराले बताए ।
निर्माण पुरा भएपछि हस्तान्तरण सँगै बजार ब्यवस्थापनको लागि आबस्यक पर्ने समिति बन्न नसक्दा हस्तान्तरणको काममा ढिला भएको हो । निर्माण कम्पनी निर्माणाधिन संरचना बुझाउन आतुर भएपनि ब्यवसायिक कृषि प्रवद्र्धन तथा ब्यापार आयोजनाको तर्फबाट गर्नु पर्ने त्यो काम पुरा हुन नसक्दा ढिला भएको हो । संघीय कृषि विकास मन्त्रालय, ब्यवसायिक कृषि प्रवद्र्धन तथा ब्यापार आयोजना, प्रदेश स्थित भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका सचिव तथा कर्मचारीहरुले निर्माण भएको कृषि बजारको अनुगमन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.