मिस्टर एन्ड मिस लायन्स हुने

मिस्टर एन्ड मिस लायन्स हुने

लायन्स क्लव अफ काठमाडौँ क्रियटिभ युथको आयोजनामा पहिलोपटक मिस्टर एण्ड मिसेस लायन्स आयोजना हुने भएको छ । नेपालमा रहेका ३३ हजार लायन्स माझ मात्र नभएर विश्वभरीको लायन्स माझ आफूलाई चिनाउने यो राम्रो अवसर भएको कार्यक्रमको उत्पादक तथा निर्देशक लायन गनिका गुरुङले बताएकी छन् । कार्यक्रमको लागि आगामी १६ गतेबाट काठमाडौँ, विराटनगर, इटहरी, धरान र बुटवल शहरहरुमा अडिसन सुरु हुनेछ । पाँच शहरबाट करिब २५० जना लायन सदस्यहरुले उक्त अडिसनमा सहभागिता जनाउने अपेक्षा रहेको गुरुङले बताईन । कार्यक्रमका विजेताहरुलाई हंगकंग भ्रमण, रु. एक लाख नगद, म्युजिक भिडियोको लागि अवसर, ब्राण्ड एम्बेसेडर टाईटल., लाईभ अन्तरवार्ता साथै पत्रपत्रिकामा समाचारमार्फत छाउने अवसर प्राप्त हुनेछ । लायन्स क्लवका सदस्यहरुले मात्र यो प्रतिष्पर्धामा सहभागी हुन पाउनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.