काठमाडौँ । ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण निस्कीएकी छिन् ।
परराष्ट्र मन्त्रालयले दिएकाे जानकारीका अनुसार राष्ट्रपति भण्डारीकाे कतार भ्रमणमा २७ जना काठमाडौंबाट र १० जना कतारको दोहास्थित नेपाली दूतावासबाट सहभागी हुनेछन् । अाइतबार नै कतार प्रस्थान गर्नेमा प्रतिनिधिमण्डलमा रहेका ५ सदस्य रहेकाे परराष्ट्रले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १५ गतेसम्म कतारको भ्रमण गर्ने तालिका रहेको छ । राष्ट्रपतिको भ्रमणले नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ हुने समेत विश्वास गरिएको छ ।