झापाको दमकमा आगलागी हुँदा ४१ लाखको क्षति

झापाको दमकमा आगलागी हुँदा ४१ लाखको क्षति

 

 

झापा । झापाको दमक नगरपालिका-६ मा बिहीबार आगलागी हुँदा करिब ४१ लाख बराबरको क्षति भएको छ ।

दिउँसो १ बजेको समयमा सोही स्थान लोकनाथ सिग्देलको फलाम, टिनको छानो, टिनको बेरा भएको एक तले पार्किङ ग्यारेज र सोही ठाउँ बस्ने आनन्दकाजी श्रेष्ठको टिनको छानो, टिनको बेरा, भएको एक तले कपासको गोदाम आगलागी भएको थियो । आगलागीबाट सोही ठाउँ बस्ने राजेश तम्राकारको बा १७ च ३०९५ नम्बरको कार, ग्यारेज पनि जलेर ३१ लाख मूल्य बराबरको क्षति भएको छ । त्यसैगरी श्रेष्ठको गोदाम घर, कपास लगायत काठपात जलेर नष्ट हुँदा अन्दाजी १० लाख मूल्य बराबरको क्षति भएको छ । उक्त आगलागी इलाका प्रहरी कार्यालय दमकबाट खटि गएको प्रहरीको टोली, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.