विस्फोटक पदार्थसहित तीन जना पक्राउ

विस्फोटक पदार्थसहित तीन जना पक्राउ

बिराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको छ । धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५ वर्षीय दिलीप साहलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो । त्यसैगरीे इनरुवा–३ बाट रु एक लाख ५० हजार बराबरको र सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट रु ३ लाख बराबरको आठ बोरा पटका, झिरझिरे, आतीसबाजी बरामद गरिएकोे प्रहरी नायव उपरीक्षक फँुयालले जानकारी दिनुभयो ।

-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.