बिराटनगर । बिराटनगर-७ का मिलनचोक निवासी प्रिन्स सन्तोष साहाले अहिले पुर्वाञ्चलकै एक मात्र भुकम्प प्रतिरोधी घर निर्माण गरेका छन् ।
निर्माण गर्ने सोच साहालाई कसरी आयो ?
जब प्रिन्स सन्तोष साहा काठमाडौं थिए ०७२ सालको भुकम्पले काठमाडौंमा तहसनहस गाराएको थियो । त्यसैक्रममा साहाले भुकम्पपछी मानिसहरुको दर्दनाक लास देखेका थिए । त्यो दर्दनाक अवस्था देख्दा साहालाई भित्रैबाट पिडा भयो र अन्त्यमा त्यो पिडा खप्न नसकेर साहाले भुकम्प प्रतिरोधी घर निर्माण गर्ने सोच भनाए । भुकम्प प्रतिरोधी घर एउटा यस्तो जुन घरमा मानिसहरू बसेपछि भुकम्प आउँदा आत्तिनु पर्दैन् र एउटा यस्तो घर जुन घरले भुकम्पको सामना गर्न सक्छ र एउटा यस्तो घर जुन मजबुत हुन्छ ।
इमानियल इन्टनेशनल इन्जिनियरिङ वर्कसपको थालनी :-
जब साहाले भुकम्प प्रतिरोधी घर निर्माण गर्ने सोच लिए तब साहले काठमाडौंको स्युचेटारमा भुकम्प प्रतिरोधी घर निर्माण गर्ने तालिम लिएका थिए । तालिम लिए लगत्तै साहाले बिराटनगरमा पुर्वाञ्चलकै एक मात्र मास्टर किचेन बनाउने “इमानियल इन्टरनेशनल इन्जिनियरिङ वर्कसप” खोलेका थिए । यस कम्पनीले भुकम्प प्रतिरोधी घर निर्माण गर्ने उनी बताउँछन् ।
Leave a Reply