बिराटनगर । धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो ।
कारोवार मापक नेप्से परिसूचक करीब नौ अङ्कले घटेर एक हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत दुई दशमलब १८ बिन्दुले घटेर २६४ दशमलब ०१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १५६ कम्पनीको नौ लाख ४८ हजार ५९३ कित्ता शेयर रु २७ करोड ७१ लाख ८२ हजार ८९८ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ ।
Leave a Reply