भ्रष्टाचार मुद्दाका फरार कर्मचारी १८ वर्षपछि पक्राउ

भ्रष्टाचार मुद्दाका फरार कर्मचारी १८ वर्षपछि पक्राउ

बिराटनगर । भ्रष्टाचार मुद्दाका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले १८ वर्षपछि पक्राउ गरेको छ ।

ब्यूरोले ललितपुरको धापाखेल-९ का ४९ वर्षीय रामकुमार खड्कालाई बिहिबार पक्राउ गरेको हो । उनी राष्ट्रिय वाणिज्य बैंकका तत्कालिन कर्मचारी हुन् । खड्काविरुद्ध बैंकमा नियम विपरित एलसी खोलेको आरोपमा पुनरावेदन अदालतले २०५७ कात्तिक २१ गते १ करोड २३ लाख ५३ हजार ८८० रुपैयाँ ३६ पैसा जरिवानाका साथै १ वर्ष कैदको  फैसला गरेको थियो । फैसला कार्यान्वयनको क्रममा खोजतलास गर्ने क्रममा बिहिबार खड्कालाई धापाखेलबाट नियन्त्रणमा लिइएकोमा आजै काठमाडौं जिल्ला अदालतको आदेशमा कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।  ब्यूरोका अनुसार सोही मुद्धाका अर्का अभियुक्त राम कुमार अग्रवालको दिपक ट्रेड कन्नसर्नसँग खड्काको नामबाट राष्ट्रिय वाणिज्य बैंकमा अमेरिकी डलर  २ लाख १५,  हजार ६०० को एलसी खोलिएको थियो ।

यस्तै  सोही ट्रेड कन्र्सनसँग  खड्काकै नामबाट अमेरिकी डलर  २ लाख ९५ हजार ६०० को अर्को  एलसी पनि खोलिएको थियो । ती दुबै एलसी नियम तथा व्यवहार बमोजिम नभएको ठहरसहित अदालतले खड्कालाई जरिवाना र कैदको सजाय तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.