दसैंमा काठमाडौं उपत्यकामा २७२ दुर्घटना, १३ को मृत्यु

दसैंमा काठमाडौं उपत्यकामा २७२ दुर्घटना, १३ को मृत्यु

बिराटनगर । घटस्थापनादेखि सोमबारसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् । काठमाडाैं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा असोज २४ गते घटस्थापनादेखि कात्तिक ५ गते सोमबार बिहानसम्म भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

८ जना गम्भीर र १ सय ८६ जना सामान्य घाइते भएका छन् । यो वर्षको दसैंमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ वर्ष यताकै सबैभन्दा धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनाको संख्या पनि ५ वर्ष यताकै धेरै २ सय ७२ वटा भएका छन् ।

गत वर्ष दसैंको समयमा भएका १ सय ७७ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो । त्यसैगरी २०७३–०७४ मा १ सय ४६ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । विशेष गरेर मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । साथै यस वर्षका दुर्घटनाहरु मुख्य सहरी क्षेत्रमा भन्दा उपत्यकाका काँठ क्षेत्रमा बढी भएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.