भारतकाे रेल जनकपुरमा

भारतकाे रेल जनकपुरमा

बिराटनगर । भारतको झारखण्डबाट ब्लास्ट रेल्वे लिकमा प्रयोग हुने गिट्टी सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ ।

रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए ।

प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ¥याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् । भारत सरकारको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको लिकबाट दोस्रो पटक ५३ ¥याकमासहितको रेल्वे जनकपुर आइपुगेको हो ।

धनुषाको कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्टेशन भवन र आवास निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ । यात्रुवाहक रेल गुडाउन जयनगर (भारत) बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई आज मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरु गरिएको प्राविधिक बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.