नेकपाको सचिवालय बैठक बस्दै, के-के छन् एजेण्डा ?

नेकपाको सचिवालय बैठक बस्दै, के-के छन् एजेण्डा ?

बिराटनगर । नेकपाकाे केन्द्रीय सचिवालय बैठक सोमबार बस्दैछ । आइतबार बसेको सचिवालयको बैठकमा केही विषयमा छलफल भएको थियो, सोमबार छलफलले निरन्तरता पाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । पार्टीमा आन्तरिक विवाद चुलिँदै गएका बेला लगातार स्थगित भएको सचिवालय बैठकमा सबै विषयमा बिस्तारमा छलफल गर्न दुई दिने बैठक बसेको हो ।

बैठकमा प्रदेश कमिटिको पूर्णता, जिल्ला कमिटिको गठन, यही कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूचि तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफलको कार्यसूचि रहेकाे छ । यी सबै विषयमा सोमबारको बैठकमा छलफल हुनेछ ।

पार्टीलाई अझ बढी सुदृढ एकताका आधारमा साङ्गठनिक एकतालाई हरहालतमा टुङ्गो लगाई एकताबद्ध पार्टी र नेतृत्वका आधारमा सरकारलाई सफल बनाउन आवश्यक सबै निर्णय गर्ने बारेमा खुला र गम्भीर छलफल भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.