मेस्सी तीन साता मैदान बाहिर

मेस्सी तीन साता मैदान बाहिर

बिराटनगर । लिगको नवौं हप्ताको खेलमा जित निकाल्दै साबिक विजेता बार्सिलोना लिगको शीर्ष स्थानमा फर्किएको छ । आइतबार बिहान आफ्नो घरमा भएको खेलमा उसले सेभिल्लामाथि ४–२ को जित निकाल्यो ।

यससँगै पछिल्ला ४ खेलमा जितविहीन बनेको बार्सिलोना जितको बाटोमा पनि फर्किन सफल भएको छ । आफ्नो घरमा भएको खेलमा बार्सिलोनाका लागि खेल सुरु भएको दोस्रो मिनेटमै कोउटिन्होले गोल गरेर अग्रता दिलाएका थिए ।

लगत्तै १२औं मिनेटमा कप्तान लिओनल मेस्सीले गोल गरे । त्यसपछि खेलको ६३औं मिनेटमा पेनाल्टीबाट लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना ३–० ले अगाडि रह्यो । ८८औं मिनेटमा इभान राकिकिटले चौथो गोल गरे ।

त्यसअघि ७९औं मिनेटमा बार्सिलोनाका क्लेमेट लेङलेटले आत्मघाती गोल गरेपछि सेभिल्लाले १ गोल उपहार पाएको थियो । त्यसैगरी, ९१औं मिनेटमा लुइस मुरेलले सेभिल्लाका लागि दोस्रो गोल गरे पनि अन्ततः खेलमा बार्सिलोनाले ४–२ को जित निकाल्यो ।

यो जितपछि बार्सिलोना ९ खेलबाट १८ अंक बनाएर शीर्ष स्थानमा चढेको छ । हारेको सेभिल्ला समान समान ९ खेलबाट १६ अंक बनाएर तेस्रो स्थानमा रहँदा समान ९ खेलबाट अलाभेस १७ अंकसहित दोस्रो स्थानमा बसेको छ । मेस्सीको चोटबारे पूरा विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.