तिहारसम्म इन्धनको मूल्य नबढ्ने

तिहारसम्म इन्धनको मूल्य नबढ्ने

बिराटनगर । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका बेला उपभोक्तालाई लक्षित गरेर इन्धनको मूल्य नबढाउने भएको हो ।

संसद्को उद्योग बाणिज्य तथा श्रम समितिले समेत निगमलाई चाडपर्वमा इन्धनको मूल्य वृद्धि नगर्न निर्देशन दिएको थियो । सोही अनुसार तिहारसम्म मूल्यवृद्धि नगर्ने निगमको भनाइ छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले तिहारसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्ने बताए । “अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले पछिल्लो समय निगमको घाटा चुलिँदै गएको छ,” उनले भने, “चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि पनि मूल्यवृद्धि हुँदैन ।”

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले निगमको घाटा १ अर्ब २९ करोड रूपैयाँ पुगेको छ । हवाई इन्धन र मट्टितेल बाहेक सवैमा निगमलाई घाटा छ । निगमलाई सवैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४ रूपैयाँ घाटा रहेकाे समाचार काराेबार दैनिकमा छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *