कांग्रेस नेता बस्नेतले भने : ‘जोकर शैलीमा सरकार चल्न सक्दैन’

कांग्रेस नेता बस्नेतले भने : ‘जोकर शैलीमा सरकार चल्न सक्दैन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता बस्नेतले वर्तमान सरकार दुई तिहाई दम्भको आधारमा समाजमा ताण्डब नृत्य देखाइरहेको आरोप लगाए ।

‘सरकार पूर्ण रुपमा असफल भएको छ भन्ने कुरा जसले यो सरकारलाई समर्थन गर्नुभएको छ, उहाँहरुले पनि यो कुरा भनिसक्नुभएको छ । देशमा अहिले शान्ति, सुरक्षाको अवस्था दयनीय छ। दशैंजस्तो चाडको बीचमा महँगी अत्यधिक बढेको छ । बलात्कारको घट्ना सबैभन्दा बढी यो अवधिमा भएको छ,’ उनले भने, ‘बलात्कारीहरुलाई पत्ता लगाउनुको साटो सरकारले प्रमाणहरु लुकाउने काम गर्यो जतिवटा छानबिन आयोग गठन भए पनि अहिलेसम्म गहिराई त परै जाओस् सतहीमा पनि पुग्न सकेको छैन् । किनभने जसले छानबिन गर्नुपर्ने हो, उनीहरुले घट्नामा मुछिएका छन् भन्ने कुरा बाहिर आएका छन् ।’ याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.