म्यानमारको याङगुन – मण्डलाय राजमार्गमा दुर्घटनामा परी २१ जनाको मृत्यु

म्यानमारको याङगुन – मण्डलाय राजमार्गमा दुर्घटनामा परी २१ जनाको मृत्यु

याङगुन । म्यानमारको याङगुन – मण्डलाय राजमार्गमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । यही अक्टोबर एकदेखि अक्टोबर १४ सम्मको दुई हप्तामा भएका २२ दुर्घटनामा ठूलो संख्यामा मृत्यु र घाइते भएको अधिकारीहरूले जनाएका हुन् ।

राजमार्ग प्रहरी कार्यालयले सोमबार दिएको जानकारी अनुसार तीव्र गति, चालकको लापर्वाही, विग्रिएका सवारी साधनलगायतका कारणले धेरै दुर्घटना हुनेगरेका छन् । म्यानमारका राजमार्गहरूमा यस्ता सवारी दुर्घटनाहरू वेला वेलामा भइरहने गरेको समाचारमा जनाइएको छ ।

यातायात क्षेत्रका अधिकारीहरूले दुर्घटना न्युनिकरणका लागि सुरक्षित यात्रा, ट्राफिक नियमको पालनालगायतका विषयमा अभियानहरू पनि चलाइरहेका छन् । म्यानमारको याङगुन- मण्डलाय राजमार्गमा गत बर्ष मात्रै झण्डै ५५५सवारी दुर्घटना भएका थिए । ती दुर्घटनाहरूमा परी ११६ जनाको मृत्यु भएको थियो भने ८६३ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.