मोटरसाइकल खोलामा खस्दा एकको मृत्यु

मोटरसाइकल खोलामा खस्दा एकको मृत्यु

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–७, कौवाईमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो भने पछाडि सवार व्यक्ति गम्भीर घाइते छन् ।

गढीको नेपालटारबाट गाईघाटका लागि हिँडेको गरेको स ८ प ९८०८ नम्बरको मोटरसाइकल कौवाई खोलाको सुकौरानजिकै काठेपुल तर्न लाग्दा अनियन्त्रित गाडीसहित मानिस पनि खोलामा खसेका थिए । तुरुन्तै उनीहरूको उद्धार हुन नसक्दा मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा चालक त्रियुगा नगरपालिका–१३ का ४० वर्षीय दिनेश पौडेल रहेका छन् । पछाडि सवार सोही ठाउँका ४५ वर्षीय कुलबहादुर थापा घाइते भएका छन् ।

जिल्ला प्रहरीका अनुसार घाइते थापाको जिल्ला अस्पतालमा उपचार जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.