मोवाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ

मोवाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ

बिराटनगर । काठमाडौं कागेश्वरी मनहरामा मोबाइल पसलमा चोरी गर्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घुर्मी स्थायी घर भई कागेश्वरी मनहरा ७ बस्दै आएका १५ वर्षीय अधिराज माझी र काभ्रे सिम्ले घर भई भक्तपुर बोडे बस्दै आएका १६ वर्षीय निमा लामा रहेका छन् ।

उनीहरुले मनहरा– ७ काँडाघारी स्थित सिमेन विक. र सन्दिप मगरले सञ्चालन गरेको सेल्स संसार नामको मोवाइल तथा फोटो स्टुडियो पसलमा चोरी गरेका थिए । उनीहरुको साथबाट विभिन्न ब्राण्डका मोवाइल २१ थान, मेमेरी कार्ड ४ थान लगायतका पसलबाट चोरी भएका समान बरामद भएको छ ।

महानगरीय प्रहरी प्रभाग काँडाघारी र वृत्त वानेश्वरको टोलीले उनीहरुलाई मनहराबाटै पक्राउ गरेको र उनीहरुले ३ लाख बराबरको सामान चोरी गरेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.