युएईमा रहेका नेपाली घरेलु कामदार स्वदेश फर्किन डराउँदै

युएईमा रहेका नेपाली घरेलु कामदार स्वदेश फर्किन डराउँदै

अबुधाबी । युनाइटेड अरब इमिरेट्स (युएई)मा रहेका नेपाली घरेलु कामदारले विदामा स्वदेश फर्किन नसक्ने अवस्थामा रहेको गुनासो गरेका छन् । गल्फ न्यूजका अनुसार सयौं नेपाली घरेलु महिला कामदारहरु नेपाल फर्किएपछि कामका लागि फेरि युएई फर्किन नपाउने भएकोले उनीहरुले गुनासो गरेका हुन् ।
उनीहरु वैध रुपमा नै युएई गएको भएपनि पछिल्लो समय नेपाल सरकारले श्रम सम्झौता नभएका मुलुकमा घरेलु कामदारको रुपमा जानका लागि रोक लगाएको थियो । एक घरेलु कामदार महिलाले भनिन्, ‘‘म दुई वर्षदेखि घर जान पाएको छैन । विदाको बेलामा जान मन छ । तर, सरकारले फर्किन नदिने भएकोले जान पाइएको छैन ।’’
विगत ५ वर्षदेखि भारतीय परिवारको घरमा काम गर्दै आएकी ४५ वर्षिया अर्की एक नेपाली महिलाले भनिन्, ‘‘म परिवारसँग दसैं मनाउनका लागि नेपाल जान चाहन्छु । तर गएपछि काम छोड्नुपर्ने भएकोले अप्ठेरो परेको छ ।”
उनले आफूलाई रोजगारदाताले राम्रो व्यवहार गरिरहेकाले अझै काम गर्न इच्छुक रहेको बताइन् । उनीजस्तै समस्यामा सयौंको संख्यामा नेपाली घरेलु कामदारहरु रहेका छन् ।
नेपालका एक वरिष्ठ कूटनीतिज्ञले बताए अनुसार नेपाल सरकारले अध्यागमनमा रोक लगाउने निर्णय अप्रिल २०१७ मा गरेको हो । यो निर्णय पुरुष र महिला दुवैको हकमा लागु हुन्छ । नेपाली दूतावास अबुधाबीका चार्ज डि अफेयर्स सागरप्रसाद फुयाँलले श्रमिकहरुकै हक हितलाई ध्यान दिँदै समझदारी नभएका मुलुकमा घरेलु कामदार पठाउन रोक लगाइएको बताए ।
उनले समझादारीका लागि युएईसँग पहल भइरहेको र यो चाँडै पूरा हुने आशा आफूले लिएको बताए । युएईका एक वरिष्ठ अधिकारीले पनि नेपालसँग घरेलु कामदारलाई रोजगारीको बारेमा नेपालसँग समझदारी पत्रमा हस्ताक्षरका लागि पहल भइरहेको र त्यो काम सन् २०१९को सुरुमा हुन सक्ने बताए । युएइका अधिकारीले नेपाली घरेलु कामदारको समश्याका बारेमा आफूहरुले बुझ्ने प्रयास भइरहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.