डलर भाउ ओरालोतिर

डलर भाउ ओरालोतिर

काठमाडौं । केही दिनदेखि अमेरिकी डलरको भाउ विस्तारै ओरालो लाग्ने क्रम जारी छ । नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि तोकेको विनिमय दरअनुसार १ डलरबराबर १ सय १८ रुपैयाँ रहेको छ ।
गत शुक्रबार (असोज २६) मा १ बराबर १ सय १८ रुपैयाँ ९० पैसामा झरेको डलर भाउ त्यसको दुई दिनअघि बुधबार (असोज २४) मा इतिहासमै पहिलो पटक १ बराबर १ सय १९ रुपैयाँ ३३ पैसासम्म पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो । डलर भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ ।
मुलुकको केन्द्रीय बैंकले सोमबारका लागि तोकेको अमेरिकी डलरको भाउ गत शुक्रबारको दाँजोमा ९० पैसाले सस्तो छ । त्यसअघि बिहीबार १ डलर किन्न १ सय १९ रुपैयाँ ३ पैसा, बुधबार १ सय १९ रुपैयाँ ३३ पैसा र मंगलबार १ सय १८ रुपैयाँ ८० पैसा खर्चनुपथ्र्यो । अघिल्लो साता आइतबार र सोमबार १ अमेरिकी डलर खरिद गर्न १ सय १८ रुपैयाँ ३३ पैसा लाग्थ्यो । यसको अर्थ नेपाली रुपैयाँ सबैभन्दा कमजोर सावित भएको अवस्था हो ।
राष्ट्र बैंकका अनुसार सोमबारका लागि १ डलरबराबर १ सय १८ रुपैयाँ बिक्री दर र १ सय १७ रुपैयाँ ४० पैसा खरिद दर तोकिएको छ । डलरको भाउ दुई दिनदेखि विस्तारै ओरालो लाग्न थालेको छ । पछिल्ला केही दिन तलमाथि भइरहेको डलर भाउ असोज १८ मा १ बराबर १ सय १७ रुपैयाँ ६५ पैसा थियो ।
अमेरिकी डलर संसारभरका मुद्राको दाँजोमा पछिल्लो पटक सबैभन्दा बलियो भएको छ । पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन हुने क्रम जारी छ । यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको छ किनभने भारु १ सयबराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर रहेको छ । यो साढे तीन दशकदेखिको विनिमय दर हो । यस हिसाबले सोमबार १ अमेरिकी डलरबराबर भारु ७३ रुपैयाँ ७५ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार असोज ३ गते डलरको भाउ १ बराबर १ सय १७ रुपैयाँ ७ पैसा पुगेको थियो भने त्यसको १० दिनअघि १ सय १६ रुपैयाँ २३ पैसाबराबर भएको थियो । डेढ महिनाअघिसम्म प्रतिडलर १ सय १० रुपैयाँहाराहारी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.