हाेमपेज > खेलकुद > नेबिल कप फुटबलको फाइनलमा धरान र बेलबारी भिड्दै

नेबिल कप फुटबलको फाइनलमा धरान र बेलबारी भिड्दै

इनरुवा । सुनसरीको प्रकाशपुरमा जारी दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल प्रतियोगिताको फाइनलमा गोधुली फुटबल क्लब धरान र डाँगिहाट फुटबल क्लब बेलबारी भिड्दै छन् ।

फाइनल खेल प्रकाशपुर माविको खेल मैदानमा भोलि दिउँसो ३ बजेपछि हुने छ । प्रतियोगिताको बिजेताले नगद एक लाख सहित ट्रफि हात पार्ने छ । उपबिजेता हुने टिमले नगद ५० हजार प्राप्त गर्ने नेबिल ओभरसिज प्रालिकी प्रोपाइटर राधिका कटवालले जानकारी दिए ।

अमर काफ्लेबाट

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *