१५ हजार घुस लिएर भाग्दाभाग्दै इन्सपेक्टर पक्राउ

१५ हजार घुस लिएर भाग्दाभाग्दै इन्सपेक्टर पक्राउ

काठमाडौं । सुर्खेतको इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने सेवाग्राहीसँग घुस लिएर भाग्दाभाग्दै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनरुलाई १५ हजार घुससहित पक्राउ गरेको हो ।

आयोगका अनुसार इन्सपेक्टर श्रेष्ठ र प्रहरी जवान लामिछानेले वडा नं. २ को सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

अख्तियार कार्यालय सुर्खेतका निमित्त प्रमुख जंगबहादुर डाँगीका अनुसार इन्सपेक्टर श्रेष्ठले सुन चाँदी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई छोडिदिने सर्तमा सेवाग्राहीबाट घुस लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.